सम्पुर्ण नारीहरूलाई १०९अौं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना छ ।
१०९ अाैं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना !
म नारी !
---------
चराचर जगतको यो घना बस्तीमा
फुल्ने ओइलाउने जीवनको हस्तीमा
बिलाएका र आउने सबै अस्तित्वको
लेखिने नलेखिने सबै इतिहास बोकेको
सृष्टीको सबैभन्दा अनुपम उपहार
हरेक स्वरुपको म त्यो सृजनाकार
मेरो अस्तित्व हो म नारी हुँ ।
बनाईएका परिभाषाहरुको शब्दकोशमा
यथावत् कति कति नामले चिनाए पनि
चूलोचौका धुलोमैलो अनि मन देखि
प्राप्तिको तिम्रो हर आशनसम्म
मीठो निन्द्रा देखि तिम्रो शासनसम्म
हरेक वस्तीका गल्ली गल्ली चोकचोकमा
आधा आकाश भन्नेहरुको मन-बचनमा
हरदम हरपल खिसी या खुशीको सञ्चार
फेरि पनि साँझपख बस एक इन्तजार
मेरो अस्तित्व हो म म नारी हुँ ।
सबको सुख अनि सृजनाका लागि
आफ्नो सोच सुखलाई तिलाञ्जली दिंदै
हरेक नाता खुशीले जोड्दै सजाउदै
ममताकी खानी कसैको मनकी रानी
सहनशीलताकी अनमोल कहानी
सुखदुख अनुभूतीको अथाह यो संसार
तर मेरो केन्द्रबिन्दु मेरो घर परिवार
मेरो अस्तित्व हो म नारी हुँ ।
१०९ अाैं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना !
म नारी !
---------
चराचर जगतको यो घना बस्तीमा
फुल्ने ओइलाउने जीवनको हस्तीमा
बिलाएका र आउने सबै अस्तित्वको
लेखिने नलेखिने सबै इतिहास बोकेको
सृष्टीको सबैभन्दा अनुपम उपहार
हरेक स्वरुपको म त्यो सृजनाकार
मेरो अस्तित्व हो म नारी हुँ ।
बनाईएका परिभाषाहरुको शब्दकोशमा
यथावत् कति कति नामले चिनाए पनि
चूलोचौका धुलोमैलो अनि मन देखि
प्राप्तिको तिम्रो हर आशनसम्म
मीठो निन्द्रा देखि तिम्रो शासनसम्म
हरेक वस्तीका गल्ली गल्ली चोकचोकमा
आधा आकाश भन्नेहरुको मन-बचनमा
हरदम हरपल खिसी या खुशीको सञ्चार
फेरि पनि साँझपख बस एक इन्तजार
मेरो अस्तित्व हो म म नारी हुँ ।
सबको सुख अनि सृजनाका लागि
आफ्नो सोच सुखलाई तिलाञ्जली दिंदै
हरेक नाता खुशीले जोड्दै सजाउदै
ममताकी खानी कसैको मनकी रानी
सहनशीलताकी अनमोल कहानी
सुखदुख अनुभूतीको अथाह यो संसार
तर मेरो केन्द्रबिन्दु मेरो घर परिवार
मेरो अस्तित्व हो म नारी हुँ ।

Comments
Post a Comment