स्थनिय खेलकुद, कला एवं संस्कृति संरक्षाणमा महोत्सव

रूपन्देही, फागुन ६
यस ओमासतिया गाउँपालिका भित्र राष्ट्रिय एवम अन्तराष्ट्रिय स्तरको खेलमैदान सभाहाल तथा रामजानकी  मन्दिर निर्माण हेतु तथा यस क्षेत्रको खेलकुद,कला संस्कृति एवं कृषि प्रवर्धनको उदेस्य सहित यही २०७५ फाल्गुन  ३ गते देखी संचालीत रहेकाे ओमसतिया कला संस्कृती खेलकुद तथा कृषि प्रवर्घन महोत्सव २०७५ को आज चौथो दिन पनि दर्शकहरुको भिड लागेको छ । महोत्सव भब्य र सबभ्य रुपमा सम्पन्न भइरहेको सचिवालय ब्यवस्थापन प्रमुख देव धावल ले जानकारी दिनु भएको छ । महोत्सवको आज चौथो दिनमा आठ हजार दर्सक ले अवलोकन गरेको जानाकारी गराउदै धवलले भन्नू ग्रामिण क्षेत्रमा पहिलो पटक मेला लगाउनु सानो चुनौती नभएको भन्दै मेलामा भएका कमि कमजोरी लाई सुझाब पुस्तिका मा लेखी मेलालाई अाज सब्य र भब्य बनाउन आम ओमसतिया बासी तथा सम्पुर्ण छिमेकी नगरपालिका र गाउपालिकाबासी लाई अनुरोध गर्नु भएको छ । मेलामा थारु जातिको सस्कृती झलकने खालका नृत्यहरु ( झुमाडा, डण्डी बिगाे, संस्कृतिक नाच अादी प्रत्येक दिन राखिएको र कुस्स्ती लड्नका लागि नेपाल, भारत र बङ्गाल देश लगाएतका देशहरुबाट खेलाडीहरुले भाग लिएको सचिवालय प्रमुख धवलले जानकारी दिनु भयो । मेलालाई अझ रोचक र आकर्षक गराउन कवडी, भलीबल प्रतियोगिता सम्म राखिएको जानकारी दिनु भयो । फागुन ९ गते भोज पुरी जगतका सुपर स्टार खेसरी लाल यादव को बेजोड प्रस्तुती रहने समेत रहने उहाले जानकारी दिनु भयो ।

टिकट काउन्टर सहयाेगीहरू


महिला  तथा पुरूष पहालवन कुस्ती मैदानमा

Comments
Write a comment...


Comments

Popular Posts